१ कार्तिक २०८३, आइतबार

रामेछापमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते, तीन जनाको अवस्था गम्भीर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २ पुस । रामेछापको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको बोलेरो जीप भुजीको एकराते पहरा फास्तुमा दुर्घटना भएको हो ।

घाइतेहरूको उद्धार गरी गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।