१ कार्तिक २०८३, आइतबार

जनताको बीचबाट राम्रो मत पाए पनि एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।

आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेकपा (एमाले) अहिले सरकारमा नगई जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताएका हुन् ।

पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाए पनि सरकारको नेतृत्व गर्ने जनादेश नभएकाले एमाले प्रतिपक्षमा बसने उनको भनाइ छ ।

अब पार्टीलाई थप मजबुद बनाउदै एमाले कमजोर पार्न खोज्ने सवै षडयन्त्रलाइ चिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा गएको निर्वाचनमा एमालेका तर्फबाट बिजयी भएकाहरुलाई सम्मान गरिएको थियो ।