१ कार्तिक २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदहरुले प्रमाणपत्र पाएपछि मात्रै संसदीय दलको नेता चयन गर्ने बताएको छ ।

माओवादी पार्टीभित्र संसदीय दलको नेता चयनमा कुनै विवाद नभएको स्पष्ट पार्दै प्रमाणपत्र पाएपछि चयन गर्ने बताएको हो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले बताएको छ । मंसिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख रुपैयाँ खर्च भएको विवरण महालेखा कार्यालयले जारी गरेको हो ।

हेरौँ आजका प्रमुख समाचारका हेडलाइनहरू–

१. प्रमाणपत्र पाएपछि मात्रै दलको नेता : समानुपातिक सांसदहरूले प्रमाणपत्र लिएपछि मात्रै नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेता चयन गर्ने, दलको नेता चयनमा विवाद नभएको दाबी ।

२. गैरराजनीतिक व्यक्तिले देशको रक्षा गर्दैन : गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु व्यवस्थाकै विपरीत हुने माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको भनाई, मुलुकको रक्षा विचारले गर्ने र विचारकै आधारमा दलहरु चल्नुपर्नेमा जोड ।

३. विकासमा जोड : जनताको विकास र समृद्धिको चाहनालाई सबै मिलेर पूरा गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाई, प्रेस स्वतन्त्रता र नागरिकको हकको व्यवस्थालाई पूर्ण कार्यान्वयन गराउने दक्षिण एसियाकै पहिलो देश बनाउनुपर्ने धारणा व्यक्त ।

४. बैठक बोलाउँदै महासचिव : समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूले प्रमाणपत्र पाएलगत्तै सर्वदलीय बैठक बोलाउने संसद सचिवालयको तयारी, नवनिर्वाचित सांसदहरुको सपथको तयारीलगायत समसामायिक विषयमा छलफल हुने ।

५. बजेट खर्च : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयको भनाइ, मंसिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख रुपैयाँ खर्च ।

६. नागरिक उन्मुक्ति पार्टीको धर्ना : राष्ट्रपतिसमक्ष सिफारिस गरिएको अध्यादेश अविलम्ब प्रमाणीकरण गर्नुपर्ने भन्दै नागरिक उन्मुक्ति पार्टीद्वारा काठमाडौंको माइतीघरमा धर्ना, सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड ।

७. नक्कली सुकुम्बासीलाई हटाउ : काठमाडौंको बागमती सभ्यता संरक्षण गर्न अनधिकृत बस्ती हटाउन उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले थाल्यो हस्ताक्षर अभियान, वास्तविक सुकुम्बासीको व्यवस्थापन र नक्कली सुकुम्वासी हटाउनुपर्ने माग ।

८. बन्दी प्रत्यक्षीकरणमा रिट दर्ता : श्रीमती नेहा चौधरीमाथि दाइजो माग गर्दै कुटपिट तथा मानसिक यातना दिएपछि पक्राउ परेका पंकज चौधरीलाई रिहा गर्न पंकजका बुबा रामप्रवेश चौधरीको माग, बन्दी प्रत्यक्षीकरणमा गरे रिट दर्ता ।

९. तीन वर्षपछि शून्य संक्रमित : तीन वर्षपछि नेपालमा पहिलो पटक शुक्रबार दैनिक कोरोना संक्रमितको संख्या शून्य, १ जना संक्रमणमुक्त ।

१०. दुर्घटनाग्रस्त जहाजको भग्नावशेष संकलन : मुस्ताङको सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन, खोँच र पाखोमा छरिएका जहाजका पाटपुर्जा सङ्कलन गर्न तारा एयरद्वारा मंसिर १९ गतेदेखि टोली परिचालन ।

११. हर्कले मागे कार्यपालिका सदस्यको राजीनामा : आफूलाई सहयोग नगरेको भन्दै धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले मागे कार्यपालिका सदस्यहरुको राजीनामा, साम्पाङले माफी मागेपछि मात्रै कार्यपालिका बैठक चल्न दिने सदस्यहरुको अडान ।

१२. लाइसेन्स निलम्बन : उपत्यका ट्राफिक प्रहरी कायालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि काठमाडौं यातायात व्यवस्था विभागमा पठायो, निलम्बनका लागि पठाइएकामा सबैभन्दा धेरै ४४ पटक कारबाहीमा परेका एक जना ।

१३. सुनको मूल्य घट्यो : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घट्यो, छापावाल सुन प्रतितोला ९९ हजार ९ सय र तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार ।

१४. पूर्व राष्ट्रति जेल चलान : पेरुका भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिललाई डेढ वर्षको जेल सजाय, राज्यद्रोह र षड्यन्त्र गरेको आरोप ।

१५. प्रशिक्षक बर्खास्त : पोर्चुगीज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोलाई मैदानबाहिर राखेर विवादमा तानिएका पोर्चुगलका राष्ट्रिय फुटबल टीमका प्रशिक्षक फार्नान्डो सान्तोष बर्खास्त, वल्र्डकपबाट पोर्चुगल बाहिरिएपछि समयावधि अगावै परे बर्खास्तीमा ।