१ कार्तिक २०८३, शनिबार

मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यहरुको मागे राजीनामा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई सहयोग नगर्ने कार्यपालिका सदस्यहरुको राजीनामा माग गरेका छन् ।

साम्पाङले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफूलाई असहयोग गर्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन भनेका हुन् ।

मेयर साम्पाङको कार्यशैलीप्रति आपत्ति जनाउँदै कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक नै बहिष्कार गरेपछि मेयर साम्पाङले राजीनामा माग गरेका हुन् ।

धरानमा एक महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले पार्क बनाउने विषयमा कुरा उठाएपछि मेयर साम्पाङले देवानलाई बाहिर जान निर्देशन दिएपछि उनको विरोध गर्दै सदस्यहरुले कार्यपालिका बैठक बहिष्कार गरेका हुन् ।

उनीहरुले मेयर साम्पाङले माफी मागेपछि मात्रै कार्यपालिका बैठक चल्ने बताउँदै आएका छन् ।