१ कार्तिक २०८३, शनिबार

नागरिक उन्मुक्ति पार्टीले माइतीघरमा दियो धर्ना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुष । मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश प्रमाणीकरणको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले काठमाडौंको माइतीघरमा धर्ना दिएको छ ।

विभिन्न समूहसंग सरकारले गरेको सहमति कार्यान्वयनका लागि सरकारले अध्यादेश ल्याएपनि प्रमाणीकरण नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले धर्ना दिएको हो ।

प्रदर्शनमा सहभागीहरुले न्याय देउ, रेशम चौधरीलाई बाहिर लेउ, जनताका लागि लडेको जेलमै सड्नु परेको, मानवताको अधिकार, हाम्रो पनि अधिकार, चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ ? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसअघि सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष पठाएपनि जारी हुन सकेको छैन ।

अध्यादेश प्रमाणीकरण गर्नुपर्ने भन्दै थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, नागरिक उन्मुक्ति पार्टी लगायतले दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।