
काठमाडौं, १ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्धिको जनताको चाहनालाई सबै मिलेर पुरा गर्नुपर्ने बताएका छन् ।
‘द राइजिङ नेपाल’ को ५७ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अब ढिला नगरि जनताको बिकास र समृद्धिको जनताको चाहनालाइ पूरा गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् ।
उनले संविधानमा उल्लेख प्रेस स्वतन्त्रता लगायत नागरिकको हकको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गराउने दक्षिण एसियाकै देश नेपाल भनेर चिनाउनुपर्ने धारणा राखे ।
अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ रहेको उल्लेख गर्दै नेपालमा अपवाद हुन नसक्ने कार्कीले बताए ।
कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने पनि बताए ।















प्रतिक्रिया