१ कार्तिक २०८३, शनिबार

सुवास नेम्वाङविरुद्व सर्वोच्चमा मुद्दा दायर

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुष । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनस्मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन्।

नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९ सय ६ मत पाएर पराजित भएका थिए ।