
काठमाडौं, १ पुष । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सयले घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँका कारेबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैँयाले घटेको हो ।
आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया