३ कार्तिक २०८३, मंगलबार

राष्ट्रसंघको मुख्यालयमा गान्धीको प्रतिमा राखिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २८ मंसिर । यहाँस्थित संयुक्त राष्ट्रसंघको प्रधानकार्यालय परिसरको उत्तरी भागमा अहिंसाका अभियन्ता महात्मा गान्धीको प्रतिमा राखिने भएको छ ।

महासचिव एन्टोनियो गुटेरेस र भारतका विदेशमन्त्री एस जयशंकरले अनावरण गर्ने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले बताएकी छन् ।

राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच नयाँ सदस्यसहित परिषद्का अन्य सदस्यहरूको उपस्थितिमा प्रतिमा अनावरणको कार्यक्रम हुने उनले बताएकी छन् । राष्ट्रसंघको मुख्यालयमा राखिने गान्धीको प्रतिमा पहिलो हुनेछ । भारतले विश्वसंस्थालाई प्रदान गरेको यो प्रतिमा पनि पहिलो हो ।

भारतका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणको सिलसिलामा हाल अमेरिकामा छन् । मंगलबार उनले महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटवार्ता गरेका थिए । उनीसँग बहुपक्षीयताको महत्वबारे छलफल भएको विदेशमन्त्रीले बताएका छन् ।

साथै उनले जापानका विदेश राज्यमन्त्री यामादा केन्जीसँग पनि भेटवार्ता गरेका थिए ।

भारत र जापानले सुधारिएको बहुपक्षीयतालाई अगाडि बढाउन मिलेर काम गर्नेबारेमा उनीहरूले विचार आदानप्रदान गरेका थिए । एएनआई