१ कार्तिक २०८३, आइतबार

कङ्गोमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किन्सासा, २८ मंसिर । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मंगलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेको बताइएको छ ।

वर्षाका कारण धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । सिन्ह्वा