१ कार्तिक २०८३, आइतबार

निर्वाचनको नाममा गठबन्धनले एमालेलाई घेराबन्दी गर्‍यो : महासचिव पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको नाममा गठबन्धन दलहरूले एमालेलाई घेराबन्दी गरेको बताएका छन् ।

पोखरामा नेकपा एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आज मंगलबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा महासचिव पोखरेलले एमालेलाई घेराबन्दी गरेकै कारण निर्वाचनबाट मुलुकलाई आवश्यक परिरहेको परिणाम आउन नसकेको बताए ।

मंसिर ४ गतेको निर्वाचनको परिणामले देशमा अस्थिरता ल्याउन सक्ने चिन्ता उनले व्यक्त गरेका छन् ।

लोकतान्त्रिक अभ्यासविपरीत भएको गठबन्धनले देशमा अस्थिरताबाहेक केही उपलब्धि नगर्ने बताउँदै उनले एमाले अहिले सरकार बनाउन अग्रसर नहुने पनि स्पष्ट पारेका छन् ।