१ कार्तिक २०८३, आइतबार

अपडेट : काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, २७ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित गणेशस्थानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित चलालको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरको रिभर्ज बस दुर्घटना भएको हो ।

बेथानथोक–५ च्याल्टीमा भएको एक ब्रतबन्ध कार्यक्रममा सहभागीहरूलाई लिएर बस पनौती नगरपालिका–४ सल्ले फर्किदै थियो ।

२५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।