१ कार्तिक २०८३, आइतबार

निर्वाचन परिणाम अस्वीकार गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट दायर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुन: मतदान गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुन: मतदान गर्न खनालको तर्फबाट रिट दायर भएको हो । रिट संवैधानिक इजलासमा दायर भएको छ ।

रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुन: मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद सचिवालय विपक्षी बनाएको छ ।

निर्वाचन आयोगले भने भोलि अन्तिम परिणाम घोषणा गर्ने तयारी गरेको छ । अन्तिम परिणाम घोषणाको एक दिनअघि खनालले परिणाम अस्वीकार गर्दै रिट दायर गरेका हुन् ।

खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।