
काठमाडौं, २७ मंसिर । सरकारले अपराधीहरुलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरी सरकारले अध्यादेश ल्याएको भन्दै अनेरास्ववियुले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
उनीहरुले अपराधीलाई छुटाउन अध्यादेश, राजनीतिमा अपराधीकरण बन्द गर लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए । छानबिनको विषयको कुरालाई सरकारले अध्यादेश ल्याएर अपराधीलाई ढाकछोप गर्ने काम गरेको उनीहरुको भनाई छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।















प्रतिक्रिया