१ कार्तिक २०८३, आइतबार

सत्ता गठबन्धनकै घटक दल राष्ट्रिय जनमोर्चाले पनि गर्‍यो अध्यादेशको बिरोध

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । वर्तमान सत्ता गठबन्धनकै घटक दल राष्ट्रिय जनमोर्चाले पनि देउवा सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ ।

सरकारले अध्यादेश ल्याएर रेशम चौधरीलाई आममाफी दिन लागेकोप्रति जनमोर्चाले आपत्ति जनाएको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज मंगलबार विज्ञप्ति जारी गर्दै सरकार बनाउन बहुमत पुर्‍याउनका लागि मात्रै अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

‘रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन, सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ । आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।

राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने खतरा बढेको बताउँदै उनले सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले दण्डहीनतालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत भएको बताएका छन् ।

यस्तो छ विज्ञप्ति–

प्रेस वक्तव्य 
सरकारले टिकापुर जघन्य हत्याकाण्डमा संलग्न रेशम चौधरीलाई जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि संहितामा परिवतन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

टिकापुर जघन्य हत्याकाण्डका रेशम चौधरी मुख्य नाइकेको भूमिकामा थिए । त्यसैले अदालतले उनलाई जेल सजायको फैसला गरेको थियो । वर्तमान काम चलाउ सरकारले रेशम चौधरी समेतका व्यक्तिहरु जो विभिन्न फौजदारी अपराधमा जेल सजाय भोगिरहेकालाई जेल मुक्त गर्नका लागि नै फौजदारी कार्यविधि संहितामा संशोधन गर्न खोजेको छ । रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ । आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहिनता बढ्ने छ । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हुने खतरा बढ्ने छ । त्यसैले सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले दण्डहितालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत छ । त्यो गलत निर्णयको हामीले घोर विरोध तथा भत्र्सना गर्दछौं ।
मिति २०७९ मंसिर २७