१ कार्तिक २०८३, आइतबार

बिनाजानकारी घरबाट हिँडेका तीन जना किशोरी बलात्कृत अवस्थामा होटेलमा भेटिए

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २६ मंसिर । घरमा कसैलाई पनि थाहा नदिई हिँडेका तीन जना किशोरी बलात्कृत भएको अवस्थामा होटेलमा भेटिएका छन् ।

१६ वर्षकी एक र १५ वर्षकी दुई जना किशोरी बागलुङ नगरपालिका–२ समिट चोकस्थित एक होटेलमा बलात्कृत अवस्थामा भेटिएका हुन् ।

ती किशोरीहरु शनिबार घरबाट कोही कसैलाई नसोधी हिँडेका थिए । तर, अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा होटेलमा शंकास्पद अवस्थामा फेला परेपछि आफन्तले जिल्ला प्रहरी कार्यालय बागलुङलाई खबर गरेका थिए ।

प्रहरी अनुसन्धानबाट उनीहरू बलात्कृत भएको खुलेको हो ।

घटनाको रहस्य खुल्नासाथ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हाल पोखरा बस्नेहरू बागलुङ गलकोट नगरपालिका–९ घर भएका २३ वर्षीय अशोक दर्लामी, रुपन्देही तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीया किशोर छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले किशोरीहरुलाई जबरजस्ती करणी गरेको खुलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।