
जाजरकोट, २६ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–४ को भीरपाटीमा जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गाडी चालक भगवतीमाई–२ दैलेखका मानबहादुर राउत, भवगतीमाई–३ का वीरेन्द्र केसी, सोही ठाउँका अम्बर बहादुर खड्का छन् ।
यस्तै जाजगरकोट खेडागाड नगरपालिका–५ का दीपक अधिकारी, अम्बरबहादुर अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा र वडा नम्बर ६ का वीरबहादुर खत्रीको पनि मृत्यु भएको छ ।
खेडागाड–५ का जयभान अधिकारी र ५ वर्षीया निशा अधिकारी रहेकी छन् ।















प्रतिक्रिया