
मकवानपुर, २६ मंसिर । मकवानपुरको राक्सिराङ्ग-३ पलासेमा एक महिलाले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएकी छिन् ।
आइतबार राति स्थानीय ३० वर्षीया रिना ब्लोनले घरयासी विवादको कारण आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भएको प्रहरी जनाएको छ ।
गम्भीर घाइते भएकी ब्लोनलाई उनको श्रिमानले उपचारको लागि चितवन ल्याएको तर चितवनमा उपचार सम्भव नभएपछि काठमाडौंको किर्तिपुर अस्पताल रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।











प्रतिक्रिया