१ कार्तिक २०८३, आइतबार

सरकार र अध्यादेशको बचाउ गर्दै नेकपा एसका महासचिव भुसालले के भने ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का महासचिव वेदुराम भुसालले सरकार र सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन् ।

विभिन्न समूहसँग गरेको सहमति कार्यान्वयनका लागि सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउन लागेकोे भन्दै उनले सरकार र अध्यादेशको बचाउ गरेका हुन् ।

यसअघि सरकारले सशस्त्र द्वन्द्वमा रहेको विभिन्न समूहसँग सम्झौता गर्दै बन्दी रिहाइ गर्ने प्रतिवद्धता जनाएकाले उक्त सम्झौता कार्यान्वयनकै लागि अध्यादेश ल्याउन लागिएको उनको भनाइ छ ।

भुसालले यो अध्यादेश रेशम चौधरीलाई मात्रै छुटाउन ल्याएको भनेर बुझ्न नहुने धारणा पनि अघि सारेका छन् । संसद नभएका बेला अध्यादेश ल्याएर कानून बनाउने अधिकार सरकारलाई रहेको जिकिर उनको छ ।

त्यस्तै, महासचिव भुसालले अहिले दलहरुबीच सरकार गठनका विषयमा छलफल नभएको बताउँदै निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि मात्रै सरकारका विषयमा छलफल हुने तर्क गरे ।

दलको नेता चयन भएपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।