१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीलाई प्रदीपको प्रश्न– हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवम् हालै प्रतिनिधि सभा सदस्य निर्वाचित प्रदीप पौडेलले रेशम चौधरीलाई आममाफी दिन सरकारले ल्याएको अध्यादेशबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई चोटिलो प्रश्न तेर्स्याएका छन् ।

उनले हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनाको आभास कसरी हुन्छ भन्दै सरकारको नेतृत्व गरिरहेका देउवालाई प्रश्न गरेका हुन् ।

‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि,’ उनले भनेका छन्, ‘पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेशमार्फत् होईन, नवनिर्वाचित संसदमार्फत् खोजौं ।’

आइतबार बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेमश चौधरीलाई छुटाउने मुख्य उद्देश्य राखेर मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । नयाँ सरकार गठनका लागि गणित मिलाउन प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन खोजेको भन्दै निर्णयको सर्वत्र आलोचना भइरहेको छ ।

कैलालीमा २०७२ मा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको निर्मम हत्या भएको ‘टीकापुर काण्ड’को प्रमुख योजनाकार रहेको ठहर गरेपछि चौधरी अहिले जेलमा छन् । उनलाई जेलबाट निकालेर सत्तारोहण गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको दाउ छ ।