
काठमाडौं, २६ मंसिर । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. ९९ हजार सात सय छ ।
यसको मूल्य अघिल्लो दिन रू. एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १० ले घटेर रू. एक हजार तीन सय ९० मा आएको महासङ्घले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।















प्रतिक्रिया