१ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरका जनप्रतिनिधिहरूलाई ओलीको आग्रह– जनताको मन जित्नेगरी काम गर्नुस्

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूलाई जनताको मन जित्ने गरी काम गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीलाई भेट्न उनको निवासमा पुगेका काठमाडौं महानरपालिकाकी उपमेयर सुनिता डंगोल र वडा अध्यक्षहरूलाई अध्यक्ष ओलीले कुनै पनि दाग नलाग्ने गरी जनताको हितमा काम गर्न आग्रह गरेका हुन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यशैली अरु पार्टीको भन्दा फरक हुनुपर्ने बताउँदै उनले महानगरका सबै गतिविधिहरू संस्थागत रूपमा हुनुपर्नेमा जोड दिएका छन् ।