१ कार्तिक २०८३, आइतबार

सनिगाड हाइड्रोको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सनिगाड हाइड्रो लिमिटेडले जारी गर्ने साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएको छ ।

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सनिगाड हाइड्रोका अध्यक्ष राजेश कुमार श्रेष्ठ र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिजयलाल श्रेष्ठले आइतबार हस्ताक्षर गरेका छन् ।

बझाङमा जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रू. १०० अंकित दरको ६७ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिरहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिक तथा सर्वसाधारणमा शेयर जारी गरिने कम्पनीले जनाएको छ ।

जारी पूँजी रू. २ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत् उत्पादनको क्षमता ३८ दशमलव ४६ मेगावाट छ । कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केही साताभित्र विद्युत् उत्पादन सुरू गर्ने तयारी छ ।