१ कार्तिक २०८३, आइतबार

लोकल खाना र ठाँउको अन्वेषण गर्न अप्रिलियाले गर्‍यो ‘क्याच द रेन्बो’ राइड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपालको लोकल खाना र ठाँउको अन्वेषण गर्न अप्रिलियाले ‘क्याच द रेन्बो’ राइड आयोजना गरेको छ ।

नेपालका लागि अप्रिलिया मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता दुगर ब्रदर एन्ड सन्स प्रालिले हिजो शनिबार ‘क्याच द रेन्बो’ राइड आयोजना गरेको हो ।

काठमाडौंको बालकुमारीस्थित अप्रिलियाको मुख्य सोरुमबाट मानेदोभान हुँदै पनौतीसम्म राइड आयोजना भएको कम्पनीले जनाएको छ । राइडमा सहभागी ग्राहकहरुलाई मानेदोभान र पनौती ट्राउट फिसिङ समेत गराइएको बताइएको छ ।

यो राइडको मुख्य उद्देश्य नेपालको लोकल खाना र ठाँउलगायतको अन्वेषण गर्नु रहेको दुगर ब्रदर एन्ड सन्स प्रालिका निर्देशक विजय महतोले बताए । आफ्ना ग्राहकहरूलाई एउटै परिवारमा समेटेर राइडको आयोजना गराएको उनको भनाइ छ ।