
मोरङ, २५ मंसिर । इन्डियन आर्मी बनाइदिने आश्वासन दिएर दुई करोड रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङ छन् । उनलाई आज आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
तामाङले करिब २५ जना व्यक्तिलाई इन्डियन आर्मी बनाउँछु भनी जनही ५ देखि ६ लाख रुपैयाँ उठाई ठगी गरेको प्रहरीले जनाएको छ । २५ जनाबाट तामाङले करिब दुई करोड रूपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।















प्रतिक्रिया