१ कार्तिक २०८३, आइतबार

उखुबारी र आँपघारीमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, तीन जना पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २५ मंसिर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका–२ भौसडी बस्ने ३७ वर्षीय सादुराम राना, ३३ वर्षीय हरिशंकर वोट र २० वर्षीय दिपक वोट छन् । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार सादुराम रानाले ती किशोरीलाई गत भदौमा ललाई–फकाई सोही ठाउँस्थित उखुबारीमा र हरिशंकर तथा दिपकले गत असोज महिनामा सोही ठाउँस्थित आँपबारीमा लगि जबरजस्ती करणी गरेका थिए ।

पीडितले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।