१ कार्तिक २०८३, आइतबार

जितेन्द्र चौधरीको स्कुटरको डिकीमा भेटियो ३४ लाख ९७ हजार, पक्राउ परे विश्व

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । प्रहरीले गोकर्णेश्वर–९ भगवतीथानस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको ३४ लाख ९७ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

जितेन्द्र कुमार चौधरीले चलाएको बा.९८ प २२०९ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्की तथा निज जितेन्द्र कुमार चौधरीले साथमा बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको उक्त रकम बरामद गरिएको (एसएसपी) बोहराले जानकारी दिए ।

अनुसन्धानका विविध विधि र प्रविधिसमेतको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त नगद विश्व कुमार गुरुङको रहेको खुल्न आएकोले उनलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।