
काठमाडौं, २५ मंसिर । आन्तरिक राजस्व कार्यालयका कर्मचारीको परिचय दिदै रकम असुल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै बिभागको ड्रेस कोड, नक्कली परिचय पत्र लगाएर काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
होटेल, रेष्टुाँ र पसलले कर नतिरेको भन्दै रकम असुलीरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथर फिदीमकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेकाहरूबाट राजस्व कार्यालयका स्ट्याम्प, लेटरप्याडलगायत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए ।
स्थानीयको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको उनले बताए । बोहराले बिगत ४ दिनदेखि बसपार्क इलाकामा विभिन्न होटल लज, पसलहरू तथा फुटपाथ पसलहरूबाट समेत बिभिन्न परिमाणमा रकम असुल गरेको भन्ने बुझिन आएको र पीडितहरूबाट प्राप्त रसिद र मोबाइल–पेबाट समेत गरी ५ लाख भन्दा बढी सङ्कलन गरेको खुल्न आएको पनि बताए ।















प्रतिक्रिया