१ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोद्वारा शपथ ग्रहण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उनले आज आइतबार सपथ लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।

माछापुच्छे बैंक सञ्चालक समितिको मंसिर १२ गते बसेको ४७२औ बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो ।