१ कार्तिक २०८३, आइतबार

प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा जाउलाखेल चोकमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

ललितपुरको एकान्तकुनामा सञ्चालन हुँदै आएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले आफ्ना ग्राहक वर्गको सेवा सुबिधालाई ध्यानमा राख्दै जाउलाखेल चोकमा शाखा बिस्तार गरेको हो ।

विगत २१ वर्ष देखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाई अङ्गाल्न खोज्नेहरुका लागि तालिमको समेत ब्यबस्था गर्दै आएको बताइएको छ ।

प्रोत्साहनाजले ७ हजार हजार भन्दा बढीलाई सौन्दर्यकला शीप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको दाबी गरेको छ ।