१ कार्तिक २०८३, आइतबार

दक्षिण एशियाली किसान संगठनहरूको गोष्ठी काठमाडौंमा सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । काठमाडौंमा दक्षिण एशियाली किसान संगठनहरूको तीन दिने गोष्ठी सम्पन्न भएको छ ।

ललितपुरको गोदावरी भिलेज रिसोर्टमा यही डिसेम्बर ८–१० सम्म गोष्ठी सञ्चालन भएको थियो । गोष्ठीले खाद्य सम्प्रभुता लागू गरेपछि किसानका समस्या समाधान हुने निष्कर्ष निकालेको छ ।

सो सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतबाट किसान आन्दोलनका हस्तीहरूले सहभागिता जनाएका थिए । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त गोष्ठीको निश्कर्ष सार्वजनिक गरिएको हो ।

सो सम्मेलन नेकपा (एस) निकट किसान संगठन अखिल नेपाल किसान महासंघले आयोजना गरेको महासचिव प्रमेश पोखरेलले जानकारी दिए । सम्मेलनमा भारतीय किसान आन्दोलनका हस्ती राकेश टिकेट, नन्जुदा स्वामी, राज्य गौंडा सहभागी थिए भने पाकिस्तानबाट फारुग तारिक, श्रीलंकाबाट अनुका चिन्चटालगायतको टोली र बंगलादेशबाट गुलाम सरोबरको सहभागिता थियो ।

तीन दिनसम्म चलेको उक्त सम्मेलनमा दक्षिण एशियाका किसानका समस्या समाधानबारे गहन छलफल गरेको थियो । उनका अनुसार सम्मेलन भने प्रत्येक दुई/दुई वर्षमा हुने गरेको छ ।