१ कार्तिक २०८३, शनिबार

हनीट्रयापमा पारेर पैसा असुल्ने महिला र पुरूष पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । प्रहरीले हनीट्रयाप्मा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंह भनिने कृष्णा गहतराज, तुलसीपुर उपमहानगरपालिका १८ की ३८ वर्षीया कृष्णा कुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० का २६ वर्षीय जनक भनिने रूद्र बहादुर केसी रहेका छन् ।

अनुष्काले पहिले आफूसँग सम्बन्धमा रहेका एक पुरूषलाई कृष्णा र जनकको सहयोगमा हनीट्रयाप्मा पारेर डर, धाकधम्की देखाई पैसा असुल्दै आएकी थिइन् ।

पीडित पुरूषले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई गत १६ गते घोराहीस्थित कोबिला रिसोर्टबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।