१ कार्तिक २०८३, आइतबार

मुलुकलाई सही बाटोमा ल्याउन एमालेको भूमिका महत्वपूर्ण हुनेछ : अध्यक्ष ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्फ जाने अवस्था देखिएको बताएका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको अन्तिम नामावली तयार पार्न आज शनिबार बसेको १४औँ सचिवालय बैठकमा पार्टीको आगामी कार्यभारका विषयमा धारणा प्रस्तुत गर्दै उनले प्राप्त निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्फ जाने अवस्था देखिएको बताएका हुन् ।

क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक सङ्कटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन एमालेले सही भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।