१ कार्तिक २०८३, आइतबार

कांग्रेसबाट महत, निधि र परियार समानुपातिक सांसद बन्ने, यस्तो छ ३२ जना सांसदको सूची

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक मतबाट पाएको ३२ जना सांसदको नाम चयन गरेको छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको नाम टुङ्गो लगाएका हुन् ।

कांग्रेसले विभिन्न क्लस्टरका साथै पुरुषबाट तीन जनालाई सांसद बनाउने निर्णय गरेको छ । जस अनुसार खसआर्यको पहिलो नम्बरमा रहेका डा. प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियार सांसद बन्ने भएका छन् ।

आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ भने सांसद चयन हुन सकेनन् ।

यस्तो छ ३२ जना सांसदको सूची–

आदिवासी जनजातितर्फ

१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्यतर्फ

९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की

मधेसी तर्फ

१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण

दलित तर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारु तर्फ

२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत

मुस्लिम तर्फबाट

२९ जावेदा खातुन् जागा

तीनजना पुरुष

३० जीवन परियार
३१ विमलेन्द्र निधि
३२ प्रकाशशरण महत