
काठमाडौं, २४ मंसिर । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ ।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षा तथा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया