१ कार्तिक २०८३, आइतबार

क्वाटरफाइनलको अन्तिम दुई खेलमा आज मोरक्को र पोर्चुगल, फ्रान्स र इंग्ल्यान्ड भिड्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ फुटबल अन्तर्गत आज शनिबार राति क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछ ।

शनिबार राति ८ः ४५ बजेबाट सुरु हुने पहिलो खेलमा मोरक्को र पोर्चुगल भिड्ने छन् ।

यसैगरी, आजै राति १२ः४५ बाट सुरु हुने दोस्रो क्वाटरफाइनल खेलमा फ्रान्स र इंग्ल्यान्ड भिड्ने छन् ।

यसअघि शुक्रबार राति भएको क्वाटरफाइनलको दुई खेलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियाले ब्राजिललाई र अर्जेन्टिनाले नेदरल्याण्डसलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।