३० आश्विन २०८३, शुक्रबार

महिलामाथि हुने हिंसालाई घरबाटै अन्त्य गर्नुपर्छ: मन्त्री रेग्मी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि घरभित्रैबाट हिंसा भइरहेको भन्दै घरबाटै हिंसा अन्त्यको सुरुवात गर्नुपर्ने बताएकी छिन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना गरेको लैङ्गिक हिंसाको सम्बोधन र सेवा प्रवाहमा प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि घरबाटै सुरु गर्नु पर्ने बताइन् ।

महिला हिंसा अन्त्य गर्न पुरुषको पनि साथ र सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो । मन्त्री रेग्मीले लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम गर्दा महिला पुरुष बराबरी संख्यामा सहभागी गराउनुपर्नेमा जोड दिइन् ।

उनले महिला हिंसा महिलाको मात्र नभई सबैको समस्या भएकाले महिला हिंसा अन्त्य गर्न समाज, परिवार र राजनीतिक दलहरुलाई पनि सहभागी गराउनुपर्ने धारणा राखे ।

राज्यले निर्माण गरेका ऐन तथा कानूनहरु कार्यान्वयन राजनीतिक दलहरुबाटै हुने भएकाले दलहरुलाई पनि समावेश गरेर छलफल अभियान चलाउनुपर्नेमा जोड दिइन् ।

८० प्रतिशत जनसंख्या रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई उपेक्षा गरी सबै भन्दा थोरै बजेट दिने गरेको मन्त्री रेग्मीले गुनासो गरिन् ।