
काठमाडौं, २१ मंसिर । महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ ।
बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा तटबन्धको काम रोक्ने सहमति भएको हो । भारतीय पक्षले निर्माणका लागि थुपारेका निर्माण सामग्रीहरु हटाउने साथै हालेका ग्याबिन निकाल्ने सहमति भएको छ ।
यस्तै, प्राकृतिक रुपमा थुप्रिएका सामग्रीहरु हटाएर नेपालतर्फ भएर बगिरहेको पानीको बहावलाई बीच भागमा पार्ने गरी १० दिनभित्र काम गर्ने सहमतिसमेत भएको छ ।
नेपालकातर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी प्रमुख एसपी डम्बर विष्ट, नेपाल प्रहरीका प्रमुख डीएसपी तर्कराज पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।















प्रतिक्रिया