
काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्वको महाअभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको भन्दै जबरालाई पत्र पठाएका थिए । गौतमले पठाएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।
सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।
रिटमा शुक्रबारका लागि पेशी तोकिएको छ ।


















प्रतिक्रिया