३० आश्विन २०८३, शुक्रबार

जबरा सर्वोच्च नआएपछि धर्नाबाट फर्किए बारका पदाधिकारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै सर्वोच्च अदालत जाने भनिएका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा आज सर्वोच्च गएनन् ।

जबरा सर्वोच्च जाने बताएपछि विरोधका लागि अदालतको गेटमा नेपाल बार एशोसियसनका पदाधिकारीहरु धर्नामा बसेका थिए । तर, अदालतको समय सकिँदा पनि जबरा नआएपछि बारका पदाधिकारीहरुले धर्ना कार्यक्रम स्थगित गरेका छन् ।

अब शुक्रबार १० बजे पुन: धर्ना दिइने बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

अध्यक्ष घिमिरेले अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्ने बताउँदै संसदको विषय भइसकेको विषयलाई संसदको कर्मचारीले निर्णय गर्न नमिल्ने बताए ।