३० आश्विन २०८३, शुक्रबार

जबराको समर्थनमा सर्वोच्च पुगेकी एक महिला पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै सर्वोच्च अदालत फर्कने तयारी गरेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको समर्थनमा सर्वोच्च पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरा सर्वोच्च फर्कने तयारी गरेपछि नेपाल बार एशोसियसनले सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको छ ।

जबरालाई सर्वोच्च छिर्न नदिन बारका पदाधिकारीहरुले धर्ना दिइरहेकाबेलामा जबराका समर्थनहरु पनि सर्वोच्च पुगेपछि स्थिति तनावपूर्ण बनेको हो ।

जबरालाई अदालतमा प्रवेश दिनुपर्छ भन्दै सर्वोच्च पुगेकी तारा बराललाई प्रहरीले पक्राउ गरेको हो ।