३० आश्विन २०८३, शुक्रबार

संसद सचिवालय र सरकारको कुरा बाझियो, महाभियोग निष्क्रिय नभएको सञ्चारमन्त्रीको दावी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद सचिवालयले पठाएको सन्दर्भमा संसद सचिवालय र सरकारबीच कुरा बाझिएको छ ।

सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने बताएका छन् ।

उनले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यसबारे छलफल गरिने बताए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नमाथि जवाफ दिँदै सरकारका प्रवक्ता कार्कीले राणामाथि लगाइएको महाभियोग जिवितै रहेको बताएका हुन् ।

‘महाभियोगको विषय जिवितै छ। अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘महाभियोग संसदको सम्पत्ति हो। नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं।’