
काठमाडौं, २१ मंसिर । सरकारले अपदस्थ गर्न खोजेको आरोपमा जर्मनीमा २५ जना पक्राउ परेका छन् ।
उग्र दक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरूको समूहले संसद भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको बताइएको छ । ‘राजकुमार हाइनरिक तेह्रौँ’ भनिने ७१ वर्षका एक जर्मन पुरुषलाई उक्त षडयन्त्रको मुख्य योजनाकार भनिएको छ।
षडयन्त्रमा उग्रपन्थी राइक्सबर्गर भनिने अभियानका सदस्य सामेल रहेको बताइएको छ। हिंसात्मक आक्रमण तथा जातियतावादी षडयन्त्रका हल्ला फिँजाउने विषयलाई लिएर उक्त समूह लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थियो।
अहिलेको जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ ताकाको जस्तो जर्मनी राष्ट्र निर्माणको षडयन्त्रमा उक्त समूहका करिब ५० महिला तथा पुरुष सदस्य सामेल भएकव हुनसक्ने ठानिएको छ।
देशभरि तीन हजार प्रहरी अधिकारी परिचालन गरेर सैन्य ब्यारेकसहित सयौँ परिसरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको बताइएको छ।















प्रतिक्रिया