३० आश्विन २०८३, शुक्रबार

यस्तो छ, संसद सचिवालयले जबरालाई दिएको पत्र (पत्रसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । महाअभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र दिएको छ ।

संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र थमाएलगत्तै जबरा आजै सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् ।

सचिवालयले जबरालाई दिएको मत्रमा महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चात्को प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट प्रधानन्यायाधीश जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको भन्ने उल्लेख गरिएको छ ।