
काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय भएको छ ।
महाअभियोग निष्क्रिय भएको पत्र संसद सचिवालयले जबरालाई थमाएको हो । राणाले मंगलबार संसद सचिवालयमा आफ्नो महाअभियोगका विषय जानकारी माग गर्दै पत्र पठाएकामा संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र दिएको हो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार नै राणाको महाअभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाएका थिए।
महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा रहेका छन् । जबरा आजै सर्वोच्च जान सक्ने बताइएको छ ।
जबराविरुद्ध सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता गराएका थिए ।
महाअभियोग दर्ता भएपछि जबरा स्वत: निलम्बनमा परेका थिए ।















प्रतिक्रिया