
काठमाडौं, २० मंसिर । दक्षिण कोरियाका मुख्य प्रशिक्षक पाउलो बेन्टोले पदबाट राजीनामा दिएका छन् ।
कतार विश्वकपको राउण्ड अफ १६ बाट दक्षिण कोरिया बाहिरिएपछि बेन्टोले राजीनामा दिएका हुन् । सोमबार राति भएको खेलमा ब्राजिलसँग ४–१ ले पराजित भएपछि दक्षिण कोरिया बाहिरिएको हो ।
५३ वर्षीय पोर्चुगिज प्रशिक्षक बेन्टो २०१८ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।















प्रतिक्रिया