
काठमाडौं, २० मंसिर । झापा ५ बाट सर्वाधिक मतसहित विजयी भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिनका लागि अहिले ओली निवास बालकोटमा भिड नै लाग्ने गरेको छ ।
यसैबीच, सर्वाधिक मतका साथ विजयी भएकामा नायिका करिष्मा मानन्धरले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएकी छिन् ।
ओलीलाई बधाई दिनका लागि एमाले नेतृसमेत रहेकी मानन्धर फूलको गुच्छा लिएर ओली निवास बालकोट पुगेकी थिइन् ।

ओलीको नेतृत्वमा एमाले लोकप्रिय मतमा पहिलो पार्टी बनेको भन्दै मानन्धरले अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिइन् ।















प्रतिक्रिया