शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दीपक मनाङेले गर्दा माधव नेपालको पार्टीमा लफडा, यी नेताले छोड्ने भए पार्टी

दैनिक नेपाल २०७९ मंसिर २० गते १५:०१

काठमाडौं, २० मंसिर । दीपक मनाङ्गे नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेसँगै पार्टीभित्र लफडा सुरु भएको छ ।

पार्टीका गण्डकी प्रदेश सदस्य तथा युवा नेता शिवजी गुरुङले दीपक मनाङेलाई पार्टी प्रवेश गराएकोमा असहमति जनाउँदै पार्टी नै छाड्ने चेतावनी दिएका छन् ।

गुरुङले निर्वाचनमा पार्टी असफल भएको उल्लेख गर्दै असफलताको वस्तुगत समीक्षा गरी जनचाहनाअनुरुपको नीति-कार्यक्रम तथा युवा नेतृत्वसहित अगाडि बढ्नुपर्नेमा मनाङेहरुलाई पार्टी प्रवेश गराउँदै जाने हो भने पार्टी शून्यतातर्फ जाने उल्लेख गरेका छन् ।

गुरुङले भनेका छन्, ‘असफलताको वस्तुगत समीक्षा गरी जनचाहनाअनुरुपको नीति-कार्यक्रम तथा युवा नेतृत्वसहित अगाडि बढ्नुपर्नेमा मनाङेहरुलाई पार्टी प्रवेश गराउँदै जाने हो भने पार्टी शून्यतातर्फ जानेछ । वेलैमा चेतना भया ! तैपनि पार्टी नेतृत्वको यही चाहना हो भने वहाँलाई प्रवेश गराउँदै गर्नु, हामी बहिरिदिउँला नि बरु !’

गुरुङ प्रतिनिधिसभामा कास्की २ बाट नेकपा एसको उम्मेदवार सिफारिस भएका थिए । तर, अन्तिममा अर्को क्षेत्रबाट श्रीनाथ बराललाई ल्याएर उम्मेदवार बनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित