३० आश्विन २०८३, शुक्रबार

लोकसेवा पास भएर वैकल्पिकमा परेका इन्जिनियरलाई करारमा राख्दै काठमाडौं महानगर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । काठमाडौं महानगरपालिकाले लोकसेवा आयोग पास गरेर पनि वैकल्पिकमा परेर बसेका इन्जिनियरहरुलाई करारमा नियुक्त गर्ने भएको छ ।

महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै लोकसेवा पास गरेर पनि वैकल्पिकमा परेर बसिरहेकाहरुलाई करारमा नियुक्त गर्ने जानकारी दिएको छ ।

महानगरपालिकाले सूचना प्रकाशित भएको ७ दिनभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ । निवेदनका आधारमा शैक्षिक योग्यता हेरेर नियुक्त गरिने सूचनामा उल्लेख गरिएको छ ।

महानगरले सूचना जारी भएको मितिको आठौँ दिनबाटै इन्जिनियरहरुलाई काममा लगाइने बताएको छ ।