३० आश्विन २०८३, शुक्रबार

अपहरणमा परेकी छोरीले ५१ वर्षपछि भेट्टाइन परिवार

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । अपहरणमा परेको ५१ वर्षपछि एक महिलाले आफ्नो परिवार भेट्टाएकी छिन् ।

अमेरिकामा बच्चा हेर्न राखिएकी महिलाबाट अपहरणमा परेकी मेलिसा हाइस्मिथले ५१ वर्षपछि आफ्नो परिवार भेट्टाएकी हुन् । हाइस्मिथ अपहरणमा परेपछि आधा सताब्दीसम्म उनको परिवाले खोजी जारी राख्यो तर भेट्टाउन सकेन ।

अन्तत: केहीदिन अघिमात्रै हाइस्मिथ र उनको परिवारको पुनर्मिलन भएको हो । अपहरणमा पर्दा मेलिसा हाइस्मिथ जम्मा २२ महिनाकी मात्र थिइन् ।

उनी टेक्सस राज्यस्थित घरबाटै अपहरण परेकी थिइन् । इन्टरनेटमा रहेको एउटा वेबसाइटको सहयोगमा डीएनए परीक्षणपछि हाइस्मिथ र परिवारको पुनर्मिलन सम्भव भएको हो ।